तनहुँ । तनहुँको व्यास-३ दमौलीमा रहेकोे वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटल बीच स्वस्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ ।

बिहिवार सरस्वती पूजाको अवसरमा विद्यालय र हस्पिटल बीच उक्त सम्झौता भएको हो ।

सो अवसरमा वाराही आवासीय माविका अध्यक्ष शंकरनारायण श्रेष्ठ र नेशनल एपोलो हस्पिटलका प्रबन्ध निर्देशक चूडामणि दाहालले सम्झौता पत्र आदानप्रदान गरेका थिए ।

एक शैक्षिक सत्रका लागी सम्झौता भएको विद्यालयका संस्थापक शंकरनारायण श्रेष्ठले बताए ।

विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागी सो स्वास्थ्य सेवाको सम्झौता भएको उनलेे जानकारी दिए । उनले भने ‘हाम्रो लक्ष्य राम्रो नागरिक बनाउने हो ।’

हस्पिटलको एउटा ओपोडी टिकटले वर्षभरीको स्वास्थ्य सेवा निशुल्क हुने अस्पतालका प्रबन्ध निर्देशक चूडामणि दाहाल जानकारी दिए ।

स्वास्थ्य व्यवसाय मात्रै नभई सेवा पनि भएकाले सो सम्झौता विद्यालय संग गरेको उनले बताए ।

एउटा ओपिडि टिकटको मुल्य ५०० रुपैयाँ रहेको छ भने विद्यालयमा १ हजार ३ सय विद्यार्थी संगै ९० जना शिक्षक र कर्मचारी रहेका छन ।

स्वास्थ्य सेवा नीति भित्र रहेका विद्मार्थीहरुको हस्पिटलमा लाग्ने डाक्टर परिक्षण शुल्क, बेड चार्ज शुल्क, माइनर ओटी शुल्क, राउण्ड चार्ज शुल्क, भिडियो एक्सरे शुल्क, एक्सरे शुल्क पूर्ण रुपमा निःशुल्क अस्पतालले जनाएको छ । यस्तै विद्यार्थीहरुलाई ल्यावमा ५० प्रतिशत छुट हुनेछ ।

स्वास्थ्य सेवा नीति भित्र रहेका शिक्षक तथा कर्मचारीहरुको हकमा हस्पिटलमा लाग्ने डाक्टर परिक्षण शुल्क, बेड चार्ज शुल्क, माइनर ओटी शुल्क, राउण्ड चार्ज शुल्क, पूर्ण रुपमा निःशुल्क हुनेछ भने भिडियो एक्सरे शुल्क, एक्सरे शुल्क तथा ल्यावमा २५ प्रतिशत मात्र छुट उक्त सम्झौतामा जनाइएको छ ।

उक्त कार्यक्रमको शिक्षा तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्त राज पौडेल प्रमुख अतिथि रहेका थिए ।

सो अवसरमा पौडेलले एक बालकलाई अक्षराम्भ गराएका थिए । शिक्षा र स्वास्थ्य आजको आवश्यकता रहेकोे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *