नेपाली कांग्रेस अब एकपटक जरामा फर्किनुपर्छ : गगन थापा

Byखवरबाटिका

१२ माघ २०७९, बिहीबार १५:२३ १२ माघ २०७९, बिहीबार १५:२३ १२ माघ २०७९, बिहीबार १५:२३

तनहुँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाली काङ्ग्रेस अब एक पटक जरामा फर्किनुपर्ने बताएका छन ।

सो कुरा महामन्त्री थापाले बिहीबार नेपाली काङ्ग्रेस तनहुँको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बताएका हुन ।

उनले अगाडी भने ‘अब हामि तल फर्किनुपर्छ । आम मतदाता बीच गएर समिक्षा गर्नुपर्छ ।’

काङ्ग्रेसले सिक्नुपर्ने कुरा भनेको एकल तागतको आधार एकल शक्ति बन्नुपर्ने महामन्त्री थापाले बताए ।

‘अब कमजोरी सच्याउन लाग्नुपर्छ ।’ महामन्त्री थापाले भने ‘हामि पार्टी शुद्धीकरणमा लाग्नुपर्छ ।’

नेताहरु बीचको छलफल व्यक्तिगत हुनुहुदैन महामन्त्री थापाले भने । ‘नेपाली काङ्ग्रेसले विश्वासको मत दिनुहुँदैन भन्ने मेरो फरक मत रहेको थियो । तर पार्टीले गरेको निर्णयका कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हुँ ।’

महामन्त्री थापाले भने ‘राष्ट्रपतिको निर्वाचन रोकिनुहुँदैन, निर्वाचन समयमै हुनुपर्छ ।’ काङ्ग्रेसले आफ्नो उम्मेदवार केहि दिन भित्र चयन गर्नेछ उनले भने ।

काङ्ग्रेसको राष्ट्रपति उम्मेदवारलाई माओवादीले समेत मत दिनुपर्ने अपेक्षा रहेकोे र सोका लागी काङ्ग्रेसले अपिल गर्ने महामन्त्री थापाले बताए ।

‘हामि पावर पोलिटिकक्समा छौ ।’ उनले भने ‘काङ्ग्रेसको लागी मुख्य कुरा सिद्धान्त र विचार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *