तनहुँ । गण्डकी प्रदेशका भौतिक, पुर्वाधार तथा यातायात विकास मन्त्री हरि बहादुर चुमानले एकहप्ता भित्र लाइसेन्सको लागी बस्नुपर्ने लाइन घटाउने बताए ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको ५४औं स्मृति दिवसको अवसरमा सो कुरा मन्त्री चुमानले बताएका हुन ।

उनले अगाडी भने ‘कर्मचारी थप गरेर हुन्छ की प्रविधिको अपग्रेड जसरी हुन्छ लाइन घटाउने अभियानमा छौँ ।’

‘कोटा बढाउने लगाएतका काम समेत भईरहेका छ ।’ भौतिक मन्त्री चुमानले भने ‘अब लाइनमा बस्ने अवस्था आउन दिदैनौ ।’

उनि भन्छन् ‘गण्डकी प्रदेश सरकारलाई सफल बनाउन लाग्छु ।’

‘अहिले सहज परिस्थिति छैन ।’ मन्त्री चुमानले भने ‘संघीयता विरोधी संगै मिलेर सरकार बनाउन परेको छ ।’

अब हामी संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने अभियानमा लाग्नुपर्ने मन्त्री चुमानले बताए । उनि अगाडी भन्छन् ‘प्राप्त उपलब्धिको रक्षा गर्न एकजुट हुनुपर्छ ।’

एकदेव आलेको चेला बन्नुपर्ने मन्त्री चुमानले बताए । एकदेव आले प्रतिष्ठानका कारण वाम नेता कार्यकर्तालाई एकठाउँमा ल्याउने काम गरेको मन्त्री चुमानले बताए ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको १०औं साधारणसभा एवं ८औं अधिवेशन बिहीबार नै भईरहेको छ ।

कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष विष्णुभक्त सिग्देलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed