एनआइसी एसियाको घर, सवारी र व्यवसाय कर्जामा आकर्षक योजना

Byखवरबाटिका

३ श्रावण २०७७, शनिबार २२:०५ ३ श्रावण २०७७, शनिबार २२:०५ ३ श्रावण २०७७, शनिबार २२:०५

दमाैली – एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने क्रमलाई निरन्तरता दिँदै एनआईसी एशियाले यो योजना ल्याएको बैंकको दमाैली शाखाले जनाएकाे छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आम ग्राहक महानुभावहरुको आवश्यकतालाई पहिचान गरी बैंकले ग्राहकहरुमाझ नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए। ‘यस अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ,’ शर्माले भने, ‘उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन हुदैन।’

सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ ।
जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको शर्माले जानकारी दिए । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम अवधि लिन सकिने र उक्त मोरेटोरियम अवधिमा ऋणिले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा छ । यस बाहेक ‘फ्लेक्जिवल इएमआइ’ मार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध रहेको शर्माले जानकारी दिए ।

यस योजना अर्न्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले ‘बन्डल अफर’ अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका व्यक्तिहरुले समेत यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने सुुविधा छ ।

सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकहरुले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकहरुले बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था छ ।

देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ। यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले विश्वास व्यक्त गरे ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जामार्फत ग्राहकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप आवश्यक कागजात प्राप्त भए पश्चात् बैंकले यी तीन वटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको छ । यी कर्जाहरु बारे आवेदन बैंकको बेवसाइट मार्फत अनलाइन दिन सकिनेछ । तथा ३४४८८ मा loan टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सकिन्छ ।

मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ मार्फत बैंकले बैंकिङ सेवा प्रदान गरिरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि एनआइसी हो । २१ लाख भन्दा बढी ग्राहकहरुको साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको पाण्डेले बताए । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *