अर्गानिक उत्पादन सहभागीतामुलक प्रमाणीकरण प्रक्रिया कार्याशाला सम्पन्न

Byखवरबाटिका

१९ मंसिर २०७७, शुक्रबार ०८:१७ १९ मंसिर २०७७, शुक्रबार ०८:१७ १९ मंसिर २०७७, शुक्रबार ०८:१७

पोखरा
चिल्ड्रेन–नेपालको आयोजनामा अन्नपुर्ण गाउँपालिका लेवाडेमा कृषि समुहका सदस्यहरुको निम्ति ५ दिने अर्गानिक उत्पादन सहभागीतामुलक प्रमाणीकरण प्रक्रिया कार्याशाला सम्पन्न भएको छ ।
स्थानीय कृषकहरुले उत्पादन गरेको प्राङ्गारिक तरकारी खाद्यान्नको बजार प्रबर्धन र उत्पादन प्रमाणीकरणको निम्ति आन्तरीक नियन्त्रण प्रणाली बिकास गर्ने उद्धेश्यले सञ्चालित उक्त कार्यशालामा नेपाल सरकारले निर्दिष्ट गरेका अर्गानिक कृषिका मापदण्डहरु,अर्गानिक खेती ब्यबस्थापन,माटो संरक्षण, मलखाद ब्यबस्थापन, रोग किराबाट बाली संरक्षण, अर्गानिक बाली उत्पादन योजना, अर्गानिक उत्पादन आन्तरीक नियन्त्रण प्रणाली बिकास, अर्गानिक उत्पादनको ग्रेडिङ्ग प्रशोधन प्याकेजिङ्ग तथा मुल्य निर्धारण बजार ब्यबस्थापन सम्बन्धि बिषयहरु समाबेश गरिएको थियो । कार्यशालामा राजमल्ल अर्गानिक कृषि समुह फल्लापानी, लेवाडे अर्गानिक कृषि समुहका अगुवा कृषकहरु र अन्नपुर्ण गाउँपालिका कृषि शाखा प्रमुख समेत गरी १५ जनाको सहभागिता रहेको थियो । कार्यशालालाई प्रमुख सहजकर्ता सेवा निवृत्त बरिष्ठ बाली संरक्षण अधिकृत धन बहादुर राना, चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेल र चिल्ड्रेन–नेपालका परियोजना संयोजक शिब शर्मा चापागाईले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारीले कृषकहरुले आफनो उत्पादन बृद्धि गर्न सके मात्र नेपालको आयात प्रतिस्थापन गरी समृद्धिको ढोका खोल्न मद्धत पुग्ने हुँदा कृषकले थालेको अभियानमा गाउँपालिकाको साथ र सहयोग रहने कुरा बताउनु भयो । बिशेष अतिथि वडा न. १ का वडाअध्यक्ष भरतजङ्ग कुँवरले ईमान्दारिता र प्रतिबद्धताले अर्गानिक उत्पादनको सुनिश्चितता निर्धारण गर्ने भएकोले आन्तरीक नियन्त्रण प्रणाली ब्यबस्थित गर्न गाउँपालिकाको तर्फबाट निरन्तर सहयोग रहने कुरा बताउनु भयो । सहभागी कृषकहरुले आफुहरु अर्गानिक खेती तर्फ आकर्षित भएको र आगामी दिनमा ईमान्दारीताका साथ अर्गानिक उत्पादनमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै प्राङ्गारिक खेती आन्तरीक नियन्त्रण प्रणालीको पनि बिकास गरेका थिए । कार्यक्रममा परियोजना संयोजक शिब शर्मा चापागाईले चिल्ड्रेन–नेपालले आफनो लामो सामाजिक कामको अनुभबका आधारमा स्थानीय समुदायको जिबनस्तर सुधारले मात्र बालबालिकाको सबै अधिकार सुनिश्चित गर्न सक्ने महसुश गरी अर्गानिक कृषि मार्फत स्थानीय दिगो बिकासका लागी समुदाय सहजीकरण गर्दै आएको कुरा प्रष्ट पार्दै स्थानिय दिगो बिकासको अभियानमा स्थानीय सरकारलाई सहयोग पुरयाउन प्रतिबद्ध रहेको कुरा बताउनु भयो । बरिष्ठ कार्यक्रम अधिकृत शिब शर्मा चापागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सह संयोजक दुमनाथ शर्माले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *