आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आँबुखैरेनी-५ को वडाध्यक्षमा माओवादी केन्द्रका सन्तोष गुरुङ विजयी भएका छन् ।
गुरुङले २८८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चित्र बहादुर आले मगारले २८० र नेपाली कांग्रेसका कर्लेण बहादुर गुरुङले २६९ मत प्राप्त गरेका छन् ।
यस्तै आँबुखैरेनी-२ को महिला सदस्यमा नेकपा एमालेकी मन कौरी गुरुङले २९१ मत, दलित महिला सदस्यमा एमालेकी सुक माया कामीले २८६, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका रमेश गुरुङ ले २७२ मत र नेपाली कांग्रेसका लक्ष्मण गुरुङले २६९ मत प्राप्त गरी विजयी भएका छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ मा भने नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।
यो पनि :
तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा माओवादीको प्यानलै विजयी, अध्यक्षमा आशबहादुर गुरुङ