दमौली । अन्तराष्ट्रिय पोलियो दिवस (अक्टोबर २४) को अवसरमा रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटानको रोटरी क्लब अफ दमौलीले तनहुँको दमौलीमा सचेतनामुलक र्याली गरेको छ ।
‘पोलियो अब अन्त्य गर’ ब्यानरसहित दमौलीको अनसन चौतारीबाट शुरु भएको र्याली बजार परिक्रमा गरी अनसन चौतारीमा पुगेर कोण सभा गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रोटरीको पहिचानलाई कायम राखे गरि विश्वभर नै सामाजिक कार्यमा रोटरीयनहरुको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा रोटरी दमौलीकी आगामी वर्षकी अध्यक्ष विणा कैनीले रोटरीले सुरु गरेको अभियान निरन्तर जारी रहने बताइन् । नेपालमा सन २०१४ मे ७ मा पोलियो फ्रि घोषणा भएको उनले बताईन ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठले पोलियो उन्मुलनमा रोटरी ईन्टरनेश्नलको योगदानबाट मिलेको सफलताबारे जानकारी दिए । उनले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा समुदायस्तरमा रोटरी क्लबबाट निरन्तर कार्यक्रमहरु हुने उनले बताए ।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ दमौली, इनरव्हील क्लब अफ दमौली र दमौलीक इन्टर्याक्ट क्लबहरुको समेत सहभागीता रहेको थियो ।
रोटरी हाल २०८ देशमा १२ लाख सदस्यहरु आवद्ध रहेको सामाजिक संस्था समेत रहेको छ ।
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature