‘विप्लव’ का ११ कार्यकर्ता दमौलीबाट पक्राउ

Byखवरबाटिका

३० कार्तिक २०७८, मंगलवार ०८:०१ ३० कार्तिक २०७८, मंगलवार ०८:०१ ३० कार्तिक २०७८, मंगलवार ०८:०१

दमौली । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्तालाई आज विहानै तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्तलगायत नेता कार्यकर्ता दमौली ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

बन्दलाई सफल बनाउनका लागि आज विहानै नेकपाका कार्यकर्ताहरुले भोर्लेटार चोकमा विरोध प्रदर्शन गरेका थिए ।

तनहुँ जिल्ला ईञ्चार्ज एवम् केन्द्रीय सदस्य पूर्णजित पुन उभारले पक्राउ परेका नेताहरुलाई तत्कालै रिहाईको माग गर्दै प्रहरी दमन र हस्तक्षेप तत्काल रोक्न र आमजनताको पक्षमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गरे ।

बन्दको पूर्वसन्ध्यामा हिजो सोमाबर २९ गते साँझ नेकपाले दमौलीमा मसाल जुलुस प्रदर्शन गरेको थियो ।

आजको नेपाल बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्लै रहनेछन तर त्यस बाहेक बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।

साथै नेकपाले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ । जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न पनि सरकारसँग अपिल गरेको छ । यता जिल्ला प्रहरी कार्यालय तनहुँ अहिले सम्म कुनै पनि घटना नघटेको जनाएको छ । यात्रुबाहक सवारी साधन र मालबाहक साधनलाई तनहुँ प्रहरीको स्टकिङ गरि जिल्ला पार गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *