सय रुपैया उठाएर एमालेको राष्ट्रिय महाधिवेशन

Byखवरबाटिका

२२ कार्तिक २०७८, सोमबार २०:०६ २२ कार्तिक २०७८, सोमबार २०:०६ २२ कार्तिक २०७८, सोमबार २०:०६

 

 

काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ ।चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ‘पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले भने । एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने भएको छ । लाभको पदमा रहेकाहरुबाट समेत निश्चित रकम संकलन गरेर महाधिवेशन हुने पाण्डेले बताए । सदस्यता नवीकरणबाहेक एमालेले यसअघि पार्टी सदस्यबाट महाधिवेशन प्रयोजनका निम्ति रकम उठाउने गरेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed