लियो क्लब अफ म्याग्देले जित्यो प्रथम रोटर्‍याक्ट कपको उपाधि

Byकिरण श्रेष्ठ

१४ आश्विन २०७९, शुक्रबार २१:३८ १४ आश्विन २०७९, शुक्रबार २१:३८ १४ आश्विन २०७९, शुक्रबार २१:३८

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीले आयोजना गरेको ‘प्रथम रोटर्‍याक्ट कप’को उपाधि लियो क्लब अफ म्याग्देले जितेको छ ।

विजयी दशमी एवं शुभ दिपावलीको अवसर पारेर रोटर्‍याक्ट क्लब अफ दमौलीले आयोजना गरेको ‘प्रथम रोटर्‍याक्ट कप ९ ए साइड’ फुटबल प्रतियोगिताको उपाधि लियो क्लब अफ म्याग्देले जितेको हो ।

जिल्लाको व्यास ३ स्थित बिपि बनबाटिकामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा जेसिआइ व्यास नगरलाई ट्राईब्रेकरमा पराजित गर्दै लियो क्लब अफ म्याग्देले उपाधि जित्न सफल भएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

खेल १–१ गोलको बराबरीमा टुङगिए पछि दुबै टिमले पेनाल्टीको अवसर पाएका थिए । दोस्रो हाफमा लियो क्लब अफ म्याग्देले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गरी गोल गर्न सफल भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

र अन्नतः लियो क्लब अफ म्याग्दे तनहुँले पेनाल्टी अवसरमै ८–७ गोल अन्तरले जेसिआइ व्यासनगरलाई पराजित गर्दै उपाधि जित्न सफल भएको क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

११ वटा टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगितामा प्रथम भएसँगै लियो म्याग्देले प्रथम पुरस्कार बोका, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जेसिआइ व्यासनगरले टर्की, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै आयोजकले जेसीआई व्यासनगरका गोलकिपर सोमबहादुर नेपालीलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरेको छ । उनले नगद एक हजार, मेडल र प्रमाणपत्र पाएका छन ।

गत असोज १२ गते प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए भने समापन कार्यक्रमका प्रमुख अथिति व्यास नगरपालिका वडा नं ६ का वडाध्यक्ष एवम् प्रवक्ता जीवन गुरुङ रहेका थिए ।

प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै गुरुङले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले युवाहरुमा आपसी सदभाव र भातृत्वको भावना विकास गराउने बताए ।

सबै सामाजिक सेवामा सक्रिया युवाहरुको जमघट एउटै मैदानमा हुने भएकाले एक आपसमा परिचित हुने र आगामी दिनमा समाज रुपान्तरणका योजनाहरु एक साथ बनाउन समेत यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यस्तै व्यास ३ का वडाध्यक्ष अनुप रानाले खेलकुदले स्वास्थ्यलाई मात्र नभइ युवाहरुको आपसी सम्बन्ध प्रगाढ बनाउने बताए ।

क्लबका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा रोटरी क्लबका दमौलीका अध्यक्ष रामलाल श्रेष्ठ, व्यास ३ का वडासदस्य दधिराज घिमिरे, व्यास युवा क्लबका अध्यक्ष मिनबहादुर गुरुङ, रोटर्‍याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्षहरु राजकुमार श्रेष्ठ, मनोज राउत लगायतको उपस्थिती रहेको थियो ।

उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ तनहुँ, रोटरी क्लब अफ दमौली, रोटर्‍याक्ट क्लब अफ दमौली, जेसिआइ व्यास नगर, लायन्स क्लब अफ तनहुँ भानुभक्त दमौली, लियो क्लब अफ तनहुँ, टिम नेपो तनहुँ, लियो क्लब अफ म्याग्दे, एलायन्स क्लब अफ तनहुँ, मेडिकल टिम, कर्मचारी सहकारी क्लबको सहभागीता रहेको कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *