तनहुँमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

Byकिरण श्रेष्ठ

४ मंसिर २०७९, आईतवार २०:०६ ४ मंसिर २०७९, आईतवार २०:०६ ४ मंसिर २०७९, आईतवार २०:०६

तनहुँ । आज मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि तनहुँमा मतगणना स्थल तयार भएको छ ।

तनहुँ-१ को जिल्ला समन्वय समितिको भवन र तनहुँ–२ को शुक्लागण्डकी नगरपालिकाको भवनमा मतगणना हुनेछ । मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको तनहुँ-१ का निर्वाचन अधिकृत दल बहादुर केसिले बताए ।

‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने, ‘सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेका छौ ।’

नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार भएका कारण तनहुँ-१ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ । पौडेलका प्रतिस्पर्धिका रुपमा एमालेका एक बहादुर राना र काङ्ग्रेसकै पुर्व नेता हाल स्वतन्त्र गोविन्दराज जोशी चुनावी मैदानमा छन ।

यता तनहुँ-२ को मतगणना स्थल पनि तयार भइसकेको तनहुँ-२ का निर्वाचन अधिकृत गोविन्द उपाध्ययले बताए । स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

तनहुँ-२ मा काङ्ग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी र एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ ।

मतगणनाका लागी दुबै क्षेत्रमा चार/चार वटा कोठा तयार गरिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *