
बजारमा माग हुनु पर्छ स्वाभिमान जानिजानि बेच्छ!
बेच्छ यो मान्छेले अस्तित्व पनि लाज घिन नमानि बेच्छ! !
मैले यसर्थ शहर मै पुगेर रक्तदान गरिदिन्छु!
शहर पनि त दुर्गम गाउँसम्म पुगेर पानी बेच्छ! !
कसरि बिर्सिन्छ खै जल्लादले आफै घाटमा ढल्ने कुरा!
जस्ले अस्तुको नाममा हरदम चिताको खरानि बेच्छ! !
कतिसम्म कृतघ्न हुन सक्छ यो मेरो दलाल छिमेकि!
जसलाई चौकिदार राख्छ उसकै छोरिको जवानि बेच्छ! !
विज्ञापनमा गोबिन्द के. सि. हरुको तस्वीर झुण्ड्याएर!
यो माईतिघर मण्डला बेईमान कै बेईमानि बेच्छ! !
मेघराज आचार्य
तनहुँ दमौली
२०७७/१०/२९