परिवारवाद तोड्न भानुको मेयरमा मेरो स्वतन्त्र उम्मेद्वारी : हरि पाण्डे

Byखवरबाटिका

१३ बैशाख २०७९, मंगलवार १८:२९ १३ बैशाख २०७९, मंगलवार १८:२९ १३ बैशाख २०७९, मंगलवार १८:२९

तनहुँ । तनहुँको भानु नगरपालिकाको मेयरमा एमाले नेता हरि बहादुर पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् । पार्टीबाट आफुले पाईसकेको टिकट परिवारवादका कारण खोसिएको उनले आरोप लगाएका छन् । ‘नातावाद , कृपावादका कारण मैले टिकट पाउन सकिन ।’ पाण्डेले भने ।

पार्टी भित्र हावि रहेको परिवारवादको अन्त्य गर्न आफुले भानु नगरपालिकामा उम्मेद्वारी दिएको मंगलबार भन्सारमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । उनको मंगलबार नै आफ्नो स्वतन्त्र सम्पर्क कार्यालय खोलेका छन् ।

पार्टीका लागी भनेर साढे दुई महिनादेखि आफ्नो व्यवसाय समेत नहेरी भानुमा प्रचारप्रसारमा लागेको तर पार्टीका नेताबाट आफुलाई घात भएको मेयरका उम्मेदवार पाण्डेले बताए ।

सोमबार बिहान ८ बजेसम्म मेयरमा आफ्नो नाम भएको तर एकाएक नाम काटेर अर्कैलाई उम्मेदवार बनाएको उनले बताए । उनले अगाडी भने ‘जुन काम नेतृत्वबाट गलत भयो ।’

‘भानुको सेवा गर्छु भनेर मेयरमा उम्मेद्वारी दिन आएको हुँ ।’ पाण्डेले भने ‘मेयर भए भने ट्याक्टर चलाउदिन, डोजर चलाउदिन, ठेकदार बन्दिन ।’ उनले अगाडी थपे ‘म यहाँको जनताको सेवा गर्न आएको हुँ, भोलि खोलाको बालुवा निकाल्दिन, मलाई आवश्यक छैन ।’

यस्तै एमालेबाट टिकट नपाएका शमशेर बहादुर लम्सालले भानु-१२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले भने ‘मुक्ति समाजबाट ८५ वटा वडामा कोहिपनि नपरेको हुँदा स्वतन्त्र उम्मेदवार दिएको हुँ ।’

‘केपी ओली होइन केपी ओलीको बुबाको फोन गरेपनि हरि पाण्डेले उम्मेद्वारी फिर्ता गर्दैन ।’ पाण्डेले भने । आफ्नो परिवार र श्रीमतीको मात्रै भोट आएपनि आफुलाई मान्य हुने पाण्डेले बताए । उनले भने ‘चुनाव हारे बरु स्विकार्छु तर फिर्ता गर्दिन ।’

पार्टीले कारबाही गरेपनि फरक नपर्ने पाण्डेले बताए । उनले भने ‘एमालेको विरोधमा मेरो उम्मेद्वारी होइन ।’

त्यस्तै भानु-१ मा नारायणराज पन्थले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनले भने ‘पार्टी भनेको परिवारवाद रहेको छ । परिवारवाद लाई तोड्न उम्मेदवारी दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed