जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Byखवरबाटिका

१४ बैशाख २०७९, बुधबार १७:३३ १४ बैशाख २०७९, बुधबार १७:३३ १४ बैशाख २०७९, बुधबार १७:३३

काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९:३० साँझ ५:३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *