प्रथम पराशर व्याडमिन्टन कपको उपाधी आयोजक पराशरलाई

Byखवरबाटिका

२८ माघ २०७९, शनिबार १८:२४ २८ माघ २०७९, शनिबार १८:२४ २८ माघ २०७९, शनिबार १८:२४

तनहुँ । तनहुँको व्यास-४ दमौली स्थित पराशर कलेजको आयोजनामा शुक्रबार प्रथम पराशर व्याडमिन्टन कप सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधी आयोजक पराशर कलेजले जितेको छ ।

त्यस्तै सो प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पस दित्तीय, सत्यवती मावि र व्यास दिव्य ज्योति बोर्डिङ स्कुल तृतीय भएको सहायक क्याम्पस प्रमुख मिन बहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले १० हजार, दित्तीय हुने टिमले ६ हजार र र तृतीय हुने टिमले मेडल र प्रमाणपत्र पाएका छन् ।

सो प्रतियोगितामा विभिन्न कलेज तथा विद्यालयका १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष सूर्य चन्द हड्‌खले गरेका थिए भने प्रमुख अतिथि व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

सो अवसरमा पराशर कलेजका पूर्व अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका शिक्षा संकायका पूर्व डीन प्रा.डा. कृष्णप्रसाद गौतमले बोलेका थिए । कार्यक्रमको स्वागत कलेज प्रमुख अमृत भण्डारीले गरेका थिए । यस्तै कार्यक्रम सञ्चालन सहायक प्रमुख एवं प्रतियोगिताका संयोजक नारायण ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *