भिमादमा एन्फा तनहुँद्वारा ४ दिने एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष सुरु

Byखवरबाटिका

१८ फाल्गुन २०७९, बिहीबार २३:२९ १८ फाल्गुन २०७९, बिहीबार २३:२९ १८ फाल्गुन २०७९, बिहीबार २३:२९

भिमाद । अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँको आयोजनामा ४ दिने एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष बिहीबारबाट सुरु भएको छ ।

साथै प्रशिक्षण कार्यक्रम फाल्गुन २१ गते सम्म संचालन हुने एन्फा तनहुँले जनाएको छ । प्रशिक्षण कार्यक्रममा तनहुँ ,गोरखा, स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुको उपस्थिती रहेको छ ।

प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशनका सञ्जित सिंह, प्रदेश ३ का प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिने एन्फा तनहुँले जनाएको छ । एन्फा कम्युनिटी डि लाइसेन्स सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिए ।

बिहिबार जिल्लाको भिमादमा आयोजित कार्यक्रमलाई भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र न २ का क्षेत्रीय सभापति चुडामणि खनाल, नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर थापा लगायतले सम्बोधन गरेका एन्फा तनहुँका महासचिव नविन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed