तनहुँका नरेशलाई अमेरिकामा सम्मान

Byखवरबाटिका

१७ श्रावण २०७७, शनिबार १७:०३ १७ श्रावण २०७७, शनिबार १७:०३ १७ श्रावण २०७७, शनिबार १७:०३

तनहुँ – अमेरिकाकाे राजधानी वासिङटन डिसी स्थित जर्जटाउन युनिभसिटीका साइन्टिस प्रोफेसर लिड साइन्टिस एवं प्रमुख अन्वेषक (पि.आई) नरेश न्यौपाने अमेरिकामा सम्मानित भएका छन । अमेरिकाको प्रतिष्ठित संस्था नेशनल साइन्स फाउन्डेसन (NSF) बाट अन्वेषणका लागि न्याैपानलेलाइ सम्मान प्रदान गरिएको उनका बुबा काशीनाथ न्याैपानेले जानकारी दिए ।

व्यास नगरपालिका – ४, दमाैली घर भइ विगत ११ बर्षदेखी अमेरिकामा बस्दै अाएका नरेश न्यौपानेले वातावरण सम्बन्धी विषयमा अनुसन्धान गरिरहेका छन । थप अनुसन्धानका लागि नेशनल साइन्स फाउन्डेसन, अमेरिकाले उनलाइ सम्मान प्रदान गरेकाे हाे ।

अमेरिका र दक्षिण अफ्रिकाको अाकाशमा बहने बायुमण्डलीय प्रवहन (Atmospheric Dinamic ) बिषयमा बिद्याबारिधी गरेका उनले यसअघि पनि बिभिन्न बिषयमा अनुसन्धान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *