खाेलामा हाम फाल्न लागेकी बृद्धाकाे उद्धार

Byखवरबाटिका

२९ श्रावण २०७७, बिहीबार १७:३९ २९ श्रावण २०७७, बिहीबार १७:३९ २९ श्रावण २०७७, बिहीबार १७:३९

दमाैली– व्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थित बुल्दी खाेलामा फाल्न हाल्न लागेकी एक बृद्धकाे बिहीबार बिहान उद्घार गरिएकाे छ । करिब ८० बर्षिया बृद्धा पुर्णकुमारी श्रेष्ठकाे उद्घार गरिएकाे हाे ।

बृद्धाले बुल्दी खाेलाकाे पुलकाे चेपुवाबाट खाेलामा फाल हाल्न लागेकाे देखेपछि स्थानीय संगम कायस्थले बृद्धालाइ उद्धार गरेका हुन । श्रीमानकाे केही बर्षअघि मृत्यु भइसकेकाे र साैताने छाेरा बुहारीबाट समेत हेरचाह नभएपछि उनी अरूकाे सहारामा बस्दै अाएकाे स्थानीय कल्पना गुरूङले जानकारी दिइन ।

‘कसैले नहेरेपछि अामा चिनजानका कारण कहिले काँही मेराेमा बस्न अाउने गर्नुहुन्थ्यो ‘ कल्पनाले भनिन,’केही दिन अघि घरबाट गएकी उनी हिजो साँझ मात्र घर फर्किएकी थिइन।’ उद्धार गरिएकी बृद्धालाइ अहिले दमाैली अस्पतालमा राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *