लोक संस्कृतीको जर्गेनासंगै समाजसेवाका लागि गण्डकी लाइभ दोहोरी (भिडियो सहित)

Byखवरबाटिका

१४ चैत्र २०७७, शनिबार १०:३१ १४ चैत्र २०७७, शनिबार १०:३१ १४ चैत्र २०७७, शनिबार १०:३१

दमाैली – लोकसंस्कृतीको जर्गेनासंगै सामाजिक सेवामा जुट्न दमौलीमा गण्डकी लाइभ दोहोरीको शुभारम्भ गरिएको छ । तनहुँका कलाकारहरुको एक समुहले गण्डकी लाइभ दोहोरीको शुभारम्भ गरेका हुन ।

शुक्रबारदेखी युट्युव च्यानलबाट प्रशारण शुरु भएको कार्यक्रमले लोक संस्कृतीसंगै जर्गेना र नयाँ पुस्तालाई प्रोत्साहनका लागि सहयोग पुग्ने कार्यक्रमका संयोजक अर्जुन गैरेले जानकारी दिए । ‘लोकसंस्कृतीको जर्गेनालाई हामीले दोहोरी कार्यक्रमलाई अघि बढाएका हौ,’ उनले भने, ‘यसले नयाँ तथा बाल कलाकारलाई प्रोत्साहनका लागि समेत सहयोग गर्नेछ ।’

कार्यक्रमको ५ भाग छायांकन गरिसकेको र बाँकी भागहरु शिघ्र छायांकन गरिने संयोजक गैरेले बताए । ‘स्थानीय कलाकार र नवप्रतिभालाई अगाडी बढाउन कार्यक्रमको परिकल्पना गरेका हौ,’ उनले भने, ‘ यसले लोकसंस्कृतीको जर्गेनासंगै सामाजिक सेवाको क्षेत्रमा पनि काम गर्नेछ ।’

गण्डकी लाइभ दोहोरीको पहिलो श्रृखला छायांकनकै क्रममा प्रशान्त परियारलाई ५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम संचालिक श्रृजना आलेले जानकारी दिइन । गण्डकी लाइभ दोहोरीमा राजु परियार, टिका सानु, आशा बिसी, प्रिन्स लम्साल, अनुराग थापा, लगायतका कलाकारको गीत छायांकन गरिसकिएको छ । गण्डकी लाइभ दोहोरीको वरिष्ठ लोकगायक राजु परियारले उदघाटन गरेका थिए ।

गण्डकी प्रदेशका लागि नै यो नयाँ फोरमको रुपमा शुरु गरिएको गैरेले दाबी गरे । ‘कार्यक्रमले संस्कृती जर्गेनासंगै सामाजिक सेवाको कामलाई पनि अघि बढाउने छौ।’ उनले भने, ‘यसलाई फरक धारको कार्यक्रमको रुपमा अघि बढाउने प्रयास गरेका हौ ।’ कार्यक्रमले स्थानीय ग्रामिण पर्यटन प्रबद्र्धनमा समेत सहयोग पु¥याउने उनले बताए । जिके साउण्ड सिस्टमको प्राविधिक सहयोग रहेको कार्यक्रममा बाद्यवादन तर्फ चन्द्र क्षेत्रीका समुह र भिडियो छायांकनमा आलोक कुमाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *