पत्रकार कल्याणकारी कोषमा बतासको सहयोग

Byखवरबाटिका

१९ जेष्ठ २०७८, बुधबार १२:०९ १९ जेष्ठ २०७८, बुधबार १२:०९ १९ जेष्ठ २०७८, बुधबार १२:०९


दमौली-नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा नं–३ का मोहनकाजी बतासले आर्थिक सहयोग गरेका छन । बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई ५ हजार रूपैया हस्तान्तरण गरेका हुन।
संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा खुशी लागेको बतासले बताउनु भयो । उहाँले यस अघि समेत नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणमा समेत सहयोग गर्नुभएको थियो ।
जन्मथलो तनहुँ भएपनि झण्डै दुई दशक देखि हकङ्गमा बरिष्ठ सेफको रुपमा कार्यतर बतासले तनहुँका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।
यसैगरी कोषमा म्याग्दे गाउपालिका वडा न.७ निवासी श्रीभद्र आचार्यले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
आचार्यले शाखाका सहसचिव प्रकाश अधिकारीलाई २ हजार ५ सय रूपयाँ रकम हस्तान्तरण गर्नुभएको हो। आचार्य नेपाली सेनाका अवकाश प्राप्त जमदार हुन्।
नेपाल पत्रकार महासंघ तनहुँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा रकम सहयोग आउनेक्रम जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *