खड्का र नहर्कीलाइ युवा पत्रकारिता पुरस्कारका लागि सिफारिस

Byखवरबाटिका

१३ भाद्र २०७८, आईतवार १८:३८ १३ भाद्र २०७८, आईतवार १८:३८ १३ भाद्र २०७८, आईतवार १८:३८

दमाैली – तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निणर्य गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आइतबार मिडिया भिलेज दमौलीमा बसेको बैकठले उक्त पुरस्कारका लागि पत्रकारद्वय अमरराज नहर्की र नारायण खड्कालाई सिफारिस गरेको छ ।
उक्त पुरस्कार समाजले स्थापना दिवस यही भदौ १५ गते (अगष्ट ३१ तारिख)मा प्रदान गर्ने जनाएको छ । पत्रकार नहर्की गोरखापत्रको तनहुँ संवाददाता हुनुहुन्छ भने पत्रकार खड्का सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा आवद्ध हुनुहुन्छ । पत्रकारद्वय नहर्की र खड्काले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार संप्रेषण गरी योगदान पुर्‍याएकाले पुरस्कारका लागि पत्रकार महासंघबाट सिफारिस गरिएको हो ।
उक्त बैठकले पत्रकार महासंघ तनहुँमा आवद्ध रहेका पत्रकारहरुको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निणर्य गरिएको सचिव प्रताव रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकारको सदस्यता नवीकरणका लागि मिडिया भिलेजमा सम्पर्क गर्नुहुन अनुरोध समेत गरिएको छ ।
जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहुँले धन्यवाद ज्ञापन गर्ने निणर्य समेत बैठकले गरेको छ । त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहुँले आभार तथा धन्यवाद ज्ञापन गर्ने निणर्य गरेको छ ।
त्यस्तै पत्रकार महासंघ तनहुँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्ने निणर्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed