दुर्गेसले तताए महाेत्सव, आइतबार कमला घिमिरे र राजु परियार आउँदै

Byखवरबाटिका

२६ मंसिर २०७८, आईतवार ०९:५४ २६ मंसिर २०७८, आईतवार ०९:५४ २६ मंसिर २०७८, आईतवार ०९:५४

दमौली – शुक्रबारदेखी शुरु भएको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको दोश्रो दिन शनिवार गायक दुर्गेस थापाले महोत्सव स्थलको माहोल तताएका छन। साँझपखको समयमा स्टेज चढेका गायक दुर्गेशको प्रस्तुतीले सर्वसाधारणको बाक्लो उपस्थितीसंगै साथ पाएको थियो ।

युवा पुस्तामा लोकप्रिय रहेका थापाले आफ्ना करिब एक दर्जन गीत गाएर महोत्सव अवलोकन गर्न आएका दर्शकलाई नचाए। दर्शकले पनि गायक थापालाई होटिङ र नाचेर सहयोग गरे। महोत्सवको तेश्रो दिन आइतबार बाल-गायिका कमला घिमिरे र राजु परियारको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । व्यास-५, पाटनमा संचालन भईरहेको महोत्सव आगमी पुस ३ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *