बन्दिपुरमा प्रथम अध्यक्ष कप सुरु

Byखवरबाटिका

१३ फाल्गुन २०७९, शनिबार २१:३३ १३ फाल्गुन २०७९, शनिबार २१:३३ १३ फाल्गुन २०७९, शनिबार २१:३३

बन्दीपुर । तनहुँको बन्दिपुरमा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटबल तथा भलिबल प्रतियोगिता सुरु भएको छ । बन्दिपुर गाउँपालिकाको आयोजनामा वडा न. ४ भुमर्सेमा प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो ।

अध्यक्ष कपको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले खेलको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले खेलकुदले क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।

बन्दिपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको अध्यक्षतामा सुरु भएको खेलको प्रमुख अतिथि बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा रहेका थिए ।

यस्तै उपाध्यक्ष पंचमायाँ गुरुङ ,वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता शिवकुमार श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष सुशील कुवँर वडा नं ३ का वडा अध्यक्ष परमेश्वर भट्टराई, वडा नं ४ का वडा अध्यक्ष दान बहादुर थापा, वडा नं ५ का वडा अध्यक्ष ध्रुव लामिछाने, वडा नं ६ का वडा अध्यक्ष बल बहादुर गुरुङ्ग, लगायतका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनधि सुरक्षा निकायका प्रतनिधि गाउँपालिका का कर्मचारी लगायत विभिन्न व्यक्ति हरुको उपस्थिती रहेको थियो ।

शुक्रबार भएको उद्धघाटन खेल अन्तर्गत फुटवल तर्फ वडा नं ४ (ए) र वडा नं २ (बि) विच भएको खेलमा वडा नं ४ (ए) २-० ले विजयी भएको छ । वडा नं ४ (ए) बाट खेलाडी राम थापाले २ गोल प्रहार गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच भएका छन् ।

यस्तै वडा नं १ (सी) र वडा नं ५ (ए) विच भएको खेलमा वडा नं ५ (ए) १-० ले विजयी भएको छ । खेलको म्यान अफ दि म्याच विशाल गुरुङ भएका छन् ।

यसैगरी भलीवल तर्फ भएको खेलमा वडा नं २ (ए) र वडा नं ३ (बी) विच भएको खेलमा वडा नं २ (ए) विजयी भएको छ । खेलको म्यान अफ दि म्याच विशाल थापा भएका छन् ।

प्रतियोगितमा दुबै खेल तर्फ प्रथम पुरस्कार रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तृतिय हुनेलाइ रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार रु ५ हजार प्रदान गरिने छ ।

प्रतियोगितमा हरेक वडा बाट दुबै खेलमा ३/३ वटा टिमले सहभागीता जनाएका छन। प्रतियोगिता यहि फागुन १५ गतेसम्म सन्चालन हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed