घिरिङमा भएको पर्वतिय दौडमा राउत विजयी

Byखवरबाटिका

१३ फाल्गुन २०७९, शनिबार २२:१३ १३ फाल्गुन २०७९, शनिबार २२:१३ १३ फाल्गुन २०७९, शनिबार २२:१३

घिरिङ । घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको १५ किलोमिटर पर्वतिय दौड प्रतियोगितामा नरेन्द्र सिं रावत प्रथम भएका छन। रावतले ५० मिनेट ३७ सेकेन्डमा सो दुरि पूरा गरेका थिए ।

यस्तै ५० मिनेट ३९ सेकेन्डमा दुरि पूरा गरेर सुवास कार्की द्दितिय र ५२ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी राजन मेयोङ्बा तृतीय हुन सफल भएका छन। उनिहरु सबै त्रिभुवन आर्मी क्लब काठमाडौबाट प्रतियोगितामा सहभागी भएका हुन । उनिहरुले क्रमश: प्रथम हुनेले रु ४० हजार, द्दितिय हुनेले रु २० हजार , तृतीय हुनेले रु १० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन।

उक्त दौड प्रतियोगितामा ७ जनाले रु ३ हजारको दरले सान्त्वना पुरस्कार पाएका छन । सो प्रतियोगितामा ७४ जना धावक सहभागी रहेका थिए ।

तनहुँ जिल्लाको दक्षिण भेगमा पर्ने स्याङ्जा, पाल्पा र नवलपुरको सिमाना रहेको घिरिङ गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता राखिएको हो । शनिवार घिरिङ गाउँपालिकाको वडा नं ३ रानिपोखरीबाट गाउँपालिका अध्यक्ष होम बहादुर थापाले प्रतियोगिताको शुभारम्भ गरेका थिए । रानिपोखरीबाट सुरु गरि मानपुर पुगेर सोही ठाउँमा पुनः फर्किएर धावकहरुले १५ किलोमीटर दुरि पूरा गर्ने मापदण्ड रहेको थियो ।

घिरिङ बहुउद्देश्यीय सहकारिका अध्यक्ष मन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापा मगर रहेकी थिइन । थापाले बिजेता लाई पुरस्कार हस्तान्तरण गर्दै स्वास्थ्यको लागि खेल अपरिहार्य रहेको बताएकि थिइन। उनले घिरिङमा पहिलो पटक पाइला टेक्न पाउँदा खुसि भएको ब्यक्त गर्दै बहु भाषिक ,सांस्कृतिक र प्राकृतिक रुपमा भरिपूर्ण रहेकोले घिरिङ पर्यटकिय क्षेत्र सम्भावना बोकेको जनाएकी थिइन ।

यस्तै समापन कार्यक्रमको विशिष्ठ अतिथिमा गण्डकी प्रदेश सभा सदस्य श्याम राजा महत, घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, खेलकुद परिषद गण्डकी प्रदेश कार्यकारी सदस्य तारा थापा मगर, घिरिङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेल, घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर राना लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed