नारी दिवसमा तनहुँसुरसम्म महिला खुल्ला हाफ म्याराथन हुने

Byखवरबाटिका

२३ फाल्गुन २०७९, मंगलवार ००:१६ २३ फाल्गुन २०७९, मंगलवार ००:१६ २३ फाल्गुन २०७९, मंगलवार ००:१६

तनहुँ । तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिकाले ‘महिला खुल्ला हाफ म्याराथन’ गर्ने भएको छ ।

यही फागुन २४ मा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन गर्न लागेको हो ।

व्यास नगरपालिका-३ स्थित व्यास गुफादेखि व्यास-११ ऐतिहासिकस्थल तनहुँसूरसम्मको २१ किलोमिटर दुरीमा दौड प्रतियोगिताको आयोजना गर्न लागेकाे व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

दुई पर्यटकीय स्थानलाई जोड्दै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गरी आर्थिकरुपमा सबल बनाउने लक्ष्यका साथ बिगत तीन वर्षदेखि म्याराथन हुँदै आएकाे नगरपािलकाले जनाएकाे छ ।

प्रथम पुरस्कार नगद रु.४१ हजार ७९ ,द्वितीय पुरस्कार रु. ३१ हजार ७९ , तृतीय पुरस्कार रु. २१ हजार ७९ र ३ जनालाई सान्त्वना पुरस्कार रु. ११ हजार ७९ का प्रदान गरिने नगरपालिकाले जनाएको छ।

दाैड रूट व्यास गुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवार पुगेर म्याराथनको समापन हुनेछ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसरमा राज्य सञ्चालन गरेको इतिहास छ ।

उक्त स्थानमा अझै पनि तत्कालीन अवस्थामा प्रयोग गरिएका तोप लगायतका हातहतियार र सेनवंशीय राजदरबार जीर्ण भएर भत्किएको अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *