तनहुँ । मालपोत कार्यालय तनहुँमा युरोगार्ड सहितको खानेपानीको व्यवस्था सुुरु भएको छ ।

सर्वसाधरण तथा सेवाग्राहीले अब कार्यलय भित्र निशुुल्क पानी पिउन पाउने छन् ।

लामो समयदेखि लेखापढी व्यवसाय सञ्चालन गरी जीविकोपार्जन गर्दै आएको बुुद्धि सागर पौडेल र देवी माया पौडेल दम्पतीले कार्यालयमा युरोगाड सहितको शुुद्ध खानेपानीको लागि सो व्यवस्था मिलाएका हुन् ।

सोमबार एक कार्यकमा विच पौडेल दम्पतीले कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।

मालपोत कार्यालयमा राखिएको युरोगार्ड कार्यालयका प्रमुुख मालपोत अधिकृत चिरञ्जिवी पौडेले शु्भारम्भ समेत गरेका थिए ।

जिल्लाभरका सेवाग्राहीले कार्यालमा प्रवेश गरेपछि शु्द्ध खानेपानी पिउने व्यवस्था गराएकोमा पौडेल दम्पत्तीलाई मालपोत अधिकृत पौडेल धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यालमा खानेपानी सहज बनाएर सहयोग गर्न पाएकोमा खुसी लागेको बुुद्धि सागर पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *