व्यासनगर सभामा १७ सम्मानित

Byखवरबाटिका

२८ माघ २०७७, बुधबार २३:३४ २८ माघ २०७७, बुधबार २३:३४ २८ माघ २०७७, बुधबार २३:३४

दमाैली– व्यास नगरपालिकाले ३४ अाै नगर सभाकाे अबसरमा बुधबार १७ जनालाइ सम्मान गरेकाे छ । व्यास नगरपालिकाले नगरपालिकामा सबैभन्दा धेरै कर बुझाउने व्यवसायीसंगै उत्कृष्ट काम गर्ने टोल बिकास संस्थाका अध्यक्ष, उपभाेक्ता समितिका अध्यक्ष र नगरपालिकाका १४ कर्मचारीलाइ सम्मान गरेकाे हाे ।

सबैभन्दा बढि कर तिरेर सम्मानित हुनेमा व्यवसायी बृषराज श्रेष्ठ रहेका छन । त्यसैगरी टोल बिकास संस्थाबाट व्यास–२ ग्रिनसिटी टाेल बिकास संस्थाका अध्यक्ष सुरेश वाग्ले, उपभोक्ता समितिबाट व्यास १३ सिद्धगुफा संरक्षण कार्य उपभाेक्ता समितका अध्यक्ष पूर्ण बहादुर राना रहेकाे व्यास नगरपालिकाले जनाएकाे छ ।

त्यसैगरी नगरपालिकाको शिक्षा तथा सामाजिक शाखाका नगेन्द्रप्रसाद रेग्मी, प्रशासन शाखाका मेघनाथ अाचार्य, अार्थिक विकास शाखाका डा.मनोज बिक, राजश्व शाखाका अर्जुन श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमाेद सोती, अालेप अधिकृत कुमारकंचन जिसी, सुब्बा/खरिदार बिष्णु खड्का, वडा सचिव मध्ये साबित्री अार्चाय, योजना शाखाका डा. इ. राजु पाैडेल, घरनक्सा शाखाक याम, सरसफाइ उपशाखाका भाग्यशाली ढुड्गाना, सवारी चालक तर्फ तिर्थ तामाङ, कार्यालय सहयोगी तर्फ राजकुमार श्रेष्ठ र नगरप्रहरी तर्फ रवि गाैलीलाइ नगरपालिकाले सम्मान गरेकाे हाे ।

सम्मानित १७ जनालाइ जनही १७ हजार रूपैया र प्रमाण पत्र सहित सम्मान गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *