विद्यार्थीलाई रोटरी दमौलीद्धारा पोशाक र शैक्षिक सामग्री

Byखवरबाटिका

२८ माघ २०७७, बुधबार २३:०६ २८ माघ २०७७, बुधबार २३:०६ २८ माघ २०७७, बुधबार २३:०६

लमजुङ –  रोटरी क्लब अफ दमौलीले बुधवार विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ टक्सार स्थित चन्द्राज्योति प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत ३४ विद्यार्थीलाई ट्रयाक–सुट , जुत्ता, स्टकिङ्ग, मोजा लगायतका विद्यालय पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको रोटरी क्लब अफ दमौलीकाअध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । विद्यार्थीहरुका लागि जुत्ता र स्टकिङ्ग व्यापारी सुक नारायण मल्लले सौजन्य गरेका हुन भने अन्य सहयोग सामग्री क्लबकै तर्फबाट व्यवस्थापन गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुखअतिथि मध्यनेपाल–२ का वडाअध्यक्ष पदमबहादुर थापाले सहयोग प्रति आभार व्यक्त गर्दै स्थानीय सरकारले गनुपर्ने काम क्लबले गरेको बताए । ‘वडाको शैक्षिक बिकासका लागि हामीले गर्नुपर्ने काम हो तर तपाईहरुले सघाउनुभयो’ थापाले भने । त्यस्तै प्राप्त सहयोगको सही सदुपयोग गर्न विद्यालय, अभिभावक र विद्यार्थीलाई थापाले सुझाव दिएका थिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारीले नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरता बनाउने लक्ष्य लिएकोमा सरकारको यस अभियानलाई सघाउन रोटरीले विगत देखि नै विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आएको बताए । विद्यार्थीहरु विद्यालयमा आउन नसक्नुका कारणहरु पहिचान गरी विद्यालय आउन सहज वातावरण निर्माण गराई हामीले सरकारको अभियानलाई सफल बनाउन सहयोग गरेका छौ’ भण्डारीले भने । क्लबले विद्यालयसँग समन्वय गरी विद्यालयकै आवश्यकताकाआधारमा शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको भण्डारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष सुरजकुमार मल्ल, पूर्व अध्यक्ष रजिनलालश्रेष्ठ, डिल्लीराम सुनार, वर्ष २०२१/०२२का अध्यक्ष दिनेशकुमार श्रेष्ठ, दलित महिला वडा सदस्य आशा बर्यालकोटी, मंगला मा वि का प्रअ बिष्णुहरि बास्तोला लगायतले सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रम विद्यालयका प्रअ मन बल्लब खनालले सञ्चालन गरेका थिए भने स्वागत शिक्षक बसन्त गिरीले गरेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ईमकुमार मल्ल, महेन्द्रकुमार श्रेष्ठ, नारायण मल्ल, सदस्यहरु प्रताप प्रसादश्रेष्ठ, योगिता श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम क्लबका पूर्व अध्यक्ष डिल्लीराम सुनारको संयोजनमा गरिएको क्लबले जनाएको छ । सुनारले आफुले बाल्यकालमा पढेको विद्यालयको शैक्षिक बिकासमा सहयोग गर्न क्लबलाई अनुरोध गरेपछि सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए । यसअघि २ पटक सम्म क्लबले उक्त विद्यालयलाई सहयोग गरीसकेको छ । सोही अवसरमा विद्यालयले रोटरी क्लब अफ दमौलीलाई विद्यालयको आजिवन सदस्यता समेत प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *