आँबुखैरेनीमा भएको दुर्घटनामा एकको मृत्यु, एक घाईते

Byखवरबाटिका

२ फाल्गुन २०७७, आईतवार १५:४३ २ फाल्गुन २०७७, आईतवार १५:४३ २ फाल्गुन २०७७, आईतवार १५:४३

आँबुखैरेनी – तनहुँको आँबुखैरेनी चोकमा  आइतबार बिहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको  ज्यान गएको छ । एक जना घाईते भएका छन् ।

दुर्घटनामा मोटरसाईकलमा यात्रा गरिरहेकी मध्यनेपाल नगरपालिका–६ लमजुङकी १७ वर्षिया अन्वेषा पौडेलको घट्ना स्थलमै ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकल चालक ५१ वर्षका युवराज घिमिरे घाईते भएका हुन ।

मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खादा दुर्घटना भै पछाडि बसेकी पौडेलको ज्यान गएको ईलाका प्रहरी कार्यालय आबुखैरेनीका निरीक्षक बिकाश थापाले जानकारी दिए।

चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा सो दुर्घटना भएकोे प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *