आँबुखैरेनीका दुई संस्थाद्वारा शैक्षिक सामाग्री वितरण

Byखवरबाटिका

२ फाल्गुन २०७७, आईतवार १५:२१ २ फाल्गुन २०७७, आईतवार १५:२१ २ फाल्गुन २०७७, आईतवार १५:२१


आँबुखैरेनी- तनहुँको आँबुखैरेनी–३, स्थित दुई संस्थाले मस्र्याङ्गदी सामुदायिक आधारभूत विद्यालय आँबु–१, डिहीका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

लायन्स क्लब अफ आँबुखैरेनी सिटी र माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा आईतबार एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत ८४ विद्यार्थीहरुलाई शैंक्षिक सामाग्री बितरण गरेका हुन ।

शैक्षिक सामाग्री अन्तर्गत ८४ जना विद्यार्थीलाई ८४ जोर स्कूल जुत्ता, ८४ दर्जन कपी र ८४ दर्जन पेन्सील बितरण गरिएको लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालले जानकारी दिए । सहयोगी संस्थाको रुपमा दीप ईन्टरप्राईजेज आँबुखैरेनी रहेको सो कार्यक्रममा आयोजक दुबैं संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *