प्रथम म्याग्दे अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु 

Byखवरबाटिका

२ बैशाख २०७८, बिहीबार १८:२० २ बैशाख २०७८, बिहीबार १८:२० २ बैशाख २०७८, बिहीबार १८:२०

प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिवार बाट म्याग्देकाे मनहरीमा सुरु भएको छ ।” स्वास्थ्यकाे लागि खेलकुद , राष्ट्रकाे लागि खेलकुद ” भन्ने मुल नाराका साथ आदर्श नमुना युवा क्लवकाे प्राङ्गणमा सुरु भएको कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । कार्यक्रमकाे उद्घाटन गर्दै गाउँ पालिका अध्यक्ष एवं प्रमुख अतिथि रानाले नयाँ बर्षकाे सुरुवात सँगै खेलकुदकाे क्षेत्रलाई पनि अगाडि बढाउन प्रतियोगिता अायाेजना गरेको बताइन् । उत्साह , जाेश र जाँगर लिएर खेल क्षेत्रमा भाग लिन उनलेे सबैलाई अाग्रह गरिन् । खेल अायाेजना गर्ने तर स्तरीय रेफ्रि र खेलाडी उत्पादन गर्न नसक्ने अहिलेकाे समस्या रहेको अवस्थामा त्यसलाई चिर्न र याेग्य खेलाडी तथा रेफ्रि उत्पादन गर्न खेलकुद प्रतियोगिताले अाकर्सित गर्ने रानाको भनाइ थियो । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्र खेलकुदका धेरै बिधाहरूमा छलफल गरेर जनप्रतिनिधि कर्मचारी मैत्रीपूर्ण फुटबल , वडास्तरिय फुटबल , खुल्ला भलिबल , माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा खेल अायाेजना गरिएको बताए । म्याग्दे गाउँपालिकाले अब छिट्टै म्याग्दे गाउँ पालिका स्तरीय खेलकुद समिति गठन गर्न लागेको र त्यसले खेल क्षेत्रलाई माथि उकास्न सहयोग पुर्याउने घिमिरेको भनाइ थियो । खेलकुद पुर्वाधार निर्माणका चरणमा गाउँपालिका लागिरहेको र त्यसको सुरुवात थर्पुमा रहेको गुणस्तरीय ब्याडमिन्टन कभर्डहल तयार भएकोले देखाएको उनलेे प्रस्ट्याए । म्याग्देकाे तिलहारमा रङ्गसाला निर्माणकाे चरणमा रहेको र अन्य सबै वडामा खेलमैदान निर्माण गर्ने घिमिरेको भनाइ थियो । म्याग्दे गाउँपालिकाले अब छुट्टै स्थानीय पाठ्यक्रम तयार गर्न लागेको र त्यसले खेल क्षेत्र लगायतका स्थानीय तहलाई समेट्ने बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नँ १ का अध्यक्ष शिवसरण वाग्ले , प्रेमबहादुर थापा , पदमराज वाग्ले , नेकपा एमाले म्याग्देका अध्यक्ष रत्ना घिमिरे , नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामबहादुर अधिकारी , जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष मनिराज थापा , आदर्श नमुना युवा क्लवका अध्यक्ष गाैरबराज राना लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा जनगणपति माविका बिद्यार्थीहरूले काैरा नृत्य प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमकाे सञ्चालन श्रिराम खनालले गरेका थिए । उद्घाटन कार्यक्रम पश्चात् भएको पुरूष कर्मचारी र पुरूष जनप्रतिनिधि बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिले कर्मचारीलाई ३ का बिरूद्द १ गाेल अन्तरले बिजयि भएका थिए भने महिला जनप्रतिनिधि र महिला कर्मचारी बिचको अर्को खेलमा कर्मचारीले जनप्रतिनिधि टिम जिराेका बिरूद्द १ गाेलले बिजयि भए । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *