उद्योग वाणिज्य संघकाे अध्यक्ष बाहेकका पद सर्वसम्मत

Byखवरबाटिका

३ बैशाख २०७८, शुक्रबार १०:३१ ३ बैशाख २०७८, शुक्रबार १०:३१ ३ बैशाख २०७८, शुक्रबार १०:३१

दमाैली – तनहुँ उद्योग वाणिज्य संघकाे अध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृतव चयन भएकाे छ ।  संघकाे प्रथम उपाध्यक्षमा इमकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा कुमार मल्ल र काेषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत भएका हुन ।

त्यसैगरी एशाेसियट सदस्यमा शिव अाेम मल्ल र बस्तुगत सदस्य तर्फ सुनचाँदी व्यवसायी समितिका उम्मेदवार कृष्ण सुनार सर्वसम्मत भएकाे तनहुँ उद्याेग वाणिज्य संघले जनाएकाे छ । महासंघकाे अध्यक्षका लागि बैशाख ४ गते निर्वाचन हुने संघले जनाएकाे छ । अध्यक्षका लागि बैकुण्ठनाथ मिश्र र पविन्द्रकुमार मल्ल चुनावी मैदानमा उत्रिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *