बाबाको सपना साकार बनाउने प्रयासमा समृद्धि

Byखवरबाटिका

१४ पुष २०७८, बुधबार २१:४८ १४ पुष २०७८, बुधबार २१:४८ १४ पुष २०७८, बुधबार २१:४८ , ,

दमाैली – शहिद बिक्रम परियारको एउटा सपना थियो, छोरा छोरीलाई गायक बनाउने । सांगितिकसंगै अभिनयमा पोख्त बिक्रम फुर्सदको समयमा छोरा र छोरी दुबैलाई घरमा नै गायन र अभिनय सिकाउने गर्थे । उनै बिक्रमकी छोरी समृद्धि परियार अहिले गायक बनाउने बुबाकाे सपना साकार बनाउने प्रयासमा जुटेकी छिन । उनलाइ सहयाेगकाे माध्यम बनेकाे छ, ‘भ्वाइस अफ किड्स’ ।
‘अहिले मलाई बुबाको सपना साकार बनाउने अबसर मिलेको छ,’ १४ बर्षीया समृद्धिले भनिन, ‘भ्वाइस अफ किड्सका लागि मैले आवश्यक मेहनत गरिरहेकी छु ।’ तनहुँ जिल्ला व्यास नगरपालिका वडा नंं १ घर भई हाल काठमाण्डौमा पढाईसंगै गायनमा लागेकी समृद्धि कोच प्रमोद टिममा रहेकी छिन ।

भ्वाइस अफ किड्सको ‘लाईभ राउण्ड’मा कुसुमे रुमाल बोलको गीत गाएकी समृद्धिले निर्णायक र दर्शकको मनमा पर्न सफल भएकी छिन । ‘बुबाले पहिल्यै देखी नै बाबु र नानीलाई गायनमा लगाउन संगितमा जोड दिनु भएको थियो,’ बिमलाले भनिन, ‘छोरी सबृद्धिले भ्वाइस अफ किड्सका माध्यमबाट बुबाको सपना साकार बनाउछे भन्ने आशा छ।’
विभिन्न चरण पार गर्दै समृद्धि अहिले भोटिङ राउण्डमा प्रवेश गरेकी छिन । आगमी राउण्डमा प्रवेश गर्न उनलाई भटिङको आवश्यकता पर्ने उनकी आमा बिमला परियारले बताइन । भ्वाइस अफ किड्सका प्रतिस्पर्धीलाई दर्शकले खल्ती एप मार्फत भोट गर्न सक्ने छन ।
काठमाण्डौमा गायन र कलाकारिताका प्रशिक्षकको रुपमा सक्रिय बिक्रम परियार करिब साडे ४ बर्ष अघि भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न गृहजिल्ला तनहुँ आएको क्रममा व्यास १, हाइस्कूलटारमा स्थानीय युवाहरुको आक्रमणमा परी मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *