कास्की । लागूऔषध कारोबार सम्बन्धि मुद्धामा मुछिएपछि चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’लाई प्रहरीले पक्राउ गरेको छ । पोखराबासी ‘लाहुरे’लाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले बताए अनुसार उनीसहित ४ जना पक्राउ परेका छन् । लागूऔषध कारोबारमा उनको नाम जोडिएपनि पुष्टि भने नभएको प्रहरीको भनाइ छ । यो बिषय अनुसन्धानकै क्रममा भएकोले सबै भन्न नमिल्ने कास्की प्रहरीले बतायो । लाहुरे कलाकार भएका कारण हल्ला भएको प्रहरीको भनाइ छ ।पक्राउ पर्ने अन्य को र ? कहाँका भन्नेबारे प्रहरीले खुलाएको छैन । यद्यपि लाहुरेसहित ४ जना पक्राउ परेको भने प्रहरीले स्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *