दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रिय सदस्य एवंम् संघीय सांसद कलिला खानले आफनो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला सांसद खानले आफनो ५४ औं जन्मदिनको अवसरमा ब्ुधबार व्यास ११मा रहेको ब्लुमिङ एकेडेमीका २४ जना विपन्न वर्गका बालबालिकालाई न्यायो कपडा वितरण गरेकी हुन् ।

चिसोबाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन लुगा वितरण गरेको उनले बताईन् । ‘सानो उमेरमा बढी हौसला पनि चाहिन्छ,’ सांसद खानले भनिन्, ‘कोहि बालबालिकाको परिवार सधैं कपडा किनिरहन पनि असक्षम छन्, भनेको बेला किन्न पाइँदैन, त्यसैले बालबालिकालाई न्यानो लुगा दिएकी हुँ ।’ पछिल्लो पुस्ताले रमाइलो गरेर जन्मदिन मनाउनुको साटो यस्ता क्रियाकलाप गर्ने हो भने सहयोग पनि पुग्ने उनले बताइन् ।


सांसद जस्तो व्यक्तीले यसरी जन्मदिन गाउँमा रहेको विद्यालयमा नयाँ तरिकाले जन्मदिन मनाउनु अरुका लागि सिक्न लायक बनेको स्थानीय राममाया बोहोराले बताईन् । विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष कल्पना नेपालीले विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडा वितरण गरेर विद्यार्थी र विद्यालयलाई गरेको सहयोगको प्रशंसा गरिन् । कार्यंक्रममा नेकपा एस तनहँुका सचिव श्रीराम कार्की, पार्टीका कार्यालय सदस्य हबिक खान,समधान हस्पिटल प्रमुख रुबिना खान लगायतकको सहभागिता रहेको थियो । उक्त अवसरमा सांसद खानले व्यास ११ तनहुँसुरमा रहेका चेपाङ बस्तीका बालबालिकाहरुलाई पनि न्यानो कपडा प्रदान गरेकी छन् । चेपाङ समुदायका जिल्ला अध्यक्ष रामबहादुर चेपाङलाई उक्त कपडा हस्तान्तरण गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed