मतदाताको समस्या बुझ्दै घरदैलोमा एमाले-जोशी समुहका उम्मेदवार

Byखवरबाटिका

२१ बैशाख २०७९, बुधबार १३:३२ २१ बैशाख २०७९, बुधबार १३:३२ २१ बैशाख २०७९, बुधबार १३:३२

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा ९ मा नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलोमा व्यस्त छन् ।

व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशी सँगै उपमेयरको उम्मेदवार बसुन्धरा घर्ती लगायत वडा कमिटी चुनावी मैदानमा छन्। मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, नगर र वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्।

घरदैलोमा मत माग्नुका साथ उम्मेदवारले नगरमा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका थिए ।

आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जीतको शुभकामना दिएका थिए । नेपाली काङ्ग्रेसका पुर्वसहमहामन्त्री गोबिन्दराज जोशी र नेकपा एमाले बिच गरिएको तालमेल पछि मेयरका उम्मेदवार रहेका जोशिले घरदैलेमा पुग्दा मतदाताबाट पाएको स्वागत, सत्कार, आत्मीयता र माया नै जीतको आधार रहेको बताए ।

उनले स्थानीय तहले ग्रामीण भेगकालाइ सास्ती दिएको बताउदै उनले अहिलेको नेतृत्व जनताको सेवक नभइ शासक रहेको समेत आरोप लगाए । उपमेयरको प्रत्यासी घर्तिले अहिलेको नेतृत्वले जनतालाइ नबनाइ आफू जनप्रतिनिधि मात्र बनेको आरोप लगाइन । नगरपालिकामा काम गर्नको उम्मेदवारी दिएको बताउदै उनले व्यासमा नेतृत्व परिवर्तनको आवश्यक रहेको समेत बताइन् ।

बुधबार टोलिले व्यास ९ को कुमालटारि,गजौडे, सिस्नेरी,बिर्ता लम्के लगायत क्षेत्रमा घरदैलो गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed