विश्व प्रेस स्वतन्त्रता दिवसमा दमौलीमा नमुना मतदान (फोटो फिचर)

Byकिरण श्रेष्ठ

२० बैशाख २०७९, मंगलवार १५:२४ २० बैशाख २०७९, मंगलवार १५:२४ २० बैशाख २०७९, मंगलवार १५:२४

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोग रहेको थियो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमौली नमूना मतदान सम्पन भएको हो ।

नमूना मतदानमा ६१ जनाले मतदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालले नमुना मत पत्र हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, पुर्वअध्यक्ष ओमकार आचार्य, प्रेम प्रसाद पौडेल शाखा अध्यक्ष उज्वल पौडेल लगायतले कार्यक्रमका बारेमा धारणा राखेका थिए ।

नमुना मतदानमा समेत केही मत बदर भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख २८ र २९ गते हरेक मतदान स्थलमा दुई/दुई जना स्वयसेवक खटिने र २९ गते मतदाता परिचय पत्र वितरण गर्दा आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । 

त्यसका लागि तनहुँमा नमुना मतदानका लागि मतपत्र आईपुगिसकेको छ । त्यही नमुना मतपत्रका आधारमा मतदाता शिक्षा दिइने छ ।

यसपाली दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिह्नबाट अरु दलका उम्मेदवार उठेकाले पनि मत बदर हुने जोखिम धेरै छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख ९४ हजार चार सय ७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार नौ सय ४४ मत मात्रै खसेको थियो ।

तीन हजार तीन सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोवाईलका टोन मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

अर्को तर्फ राजनीतिक दल र कार्यकर्ताहरुले पनि मत माग्न जाँदा मतदातालाई सिकाउने हुँदा अलि सहज हुने निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले बताए ।

यसपालि तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *