छाब्दिका मृर्गौला पिडित चित्र बहादुर आलेद्धारा सहयोगको अपिल

Byकिरण श्रेष्ठ

२३ जेष्ठ २०७९, सोमबार १२:०० २३ जेष्ठ २०७९, सोमबार १२:०० २३ जेष्ठ २०७९, सोमबार १२:००

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नंं १२ छाब्दी सुमलटारी निवासी मृगौला पिडित चित्र बहादुर आलेले सहयोगको लागि अपिल गरेका छन् ।

मृर्गौलामा समस्या देखिएपछि विगत ७ वर्षदेखि पोखराका विभिन्न अस्पताल र हाल दमौली अस्पतालबाट हप्ताको २ पटक डाईलसिस गरिरहेका आलेले आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न नसकेकोले उपचारको लागि अपिल गरेका हुन् ।

हप्ताको २ पटक डायलासिस गर्दा आलेको स्वास्थ अवस्थामा केहि सुधार आएपनि क्रमिक रुपमा उपचार गर्नुपर्ने हुदा आर्थिक अवस्था निकै कमजोर रहेकाले सहयोगको अपिल गरेका हुन् ।

आलेलाई आर्थिक सहयोग गर्न चाहानेले ईन्द्र कडेंलको मोवाईल नम्बर ९८१९११३९६७ र किरन आले मगरको मोवाईल नम्बर ९८०४१८७८३३ मा सम्पर्क गर्न सक्ने स्थानीय शुभाष पन्थले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed