मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई मध्ये एकजना गोरखाका केशव

Byकिरण श्रेष्ठ

२७ जेष्ठ २०७९, शुक्रबार ११:४८ २७ जेष्ठ २०७९, शुक्रबार ११:४८ २७ जेष्ठ २०७९, शुक्रबार ११:४८

तनहुँ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एकजनाकाे सनाखत भएकाे छ ।

नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ ।

मृतकमध्ये एकजना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।

मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए । कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ ।

उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ ।

पहिरोका कारण सवारीसाधन बीचैमा राेकिँदा यात्रु अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *