भित्ता काटेर आँबुखैरेनी-मुग्लिन खण्डको एकतर्फि सडक सुचारु (भिडिओ सहित)

Byकिरण श्रेष्ठ

२७ जेष्ठ २०७९, शुक्रबार १४:०१ २७ जेष्ठ २०७९, शुक्रबार १४:०१ २७ जेष्ठ २०७९, शुक्रबार १४:०१

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डको एकतर्फी सडक सूचरु भएको छ ।

दिउँसो साढे १ बजेबाट एकतर्फी सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडकको कुना तर्फ भित्ता काटेर साना सवारी पास गराइएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ साखर नजिक सडक भासिदा आज बिहान देखि दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको थियो ।

सडक भासिएको ठाँउबाट कार र माेटरसाईकल मर्स्याङ्दी नदिमा बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।

मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एकजनाकाे सनाखत भएकाे छ ।

मृतकमध्ये एकजना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए । कारमा कति जना सवार थिए भन्ने अझै पत्ता भने नलागेको उनले बताए ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको थियोे । भिडिओ : विजय गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *