पत्रकार नहर्कीद्वारा अक्षयकोष स्थापनाको लागि सहयोग

Byखवरबाटिका

२९ माघ २०७७, बिहीबार २२:४२ २९ माघ २०७७, बिहीबार २२:४२ २९ माघ २०७७, बिहीबार २२:४२

तनहुँ – राष्ट्रिय दलित पत्रकार संघ तनहुँले स्थापना गर्न लागेको अक्षयकोषको लागि पत्रकार अमर नहर्कीले रु.पाँच हजार सहयोग गर्नुभएको छ ।
प्रेस युनियन तनहुँको अध्यक्ष समेत रहनु भएका पत्रकार नहर्कीले संघका अध्यक्ष एस.बि.नेपालीलाई बिहीबार उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
सेतीमादी दैनिकका सहसम्पादक एवं गोरखापत्र राष्ट्रिय दैनिक तनहुँ समाचारदाता नहर्कीले अक्षयकोष स्थापना गर्न लागेको खबरले मेरो मन छोयो । उहाँले भन्नुभयो ‘सानै रकम भएपनि सहयोग गर्न पाउँदा मन शान्ति मिलेको छ ।’
भविष्यमा पनि यस्ता रचनात्मक कार्यका लागि थप सहयोग गर्दै जाने उहाँको प्रतिबद्धता रहेको छ ।
अक्षयकोष स्थापनाको लागि सहयोग गर्नेमा पत्रकार नहर्की नै पहिलो व्यक्ति हुन् । अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता गर्नेको संख्या उल्लेखनीय रहेपनि रकम संकलन भएको यो पहिलो हो ।
अक्षयकोष स्थापना गर्ने अभियानमा जुटेको अवस्थामा पत्रकार नहर्कीले सहयोग गरेर थप हौसला प्रदान गर्नुभएकोमा राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एस.बि.नेपालीले धन्यवाद व्यक्त गर्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँको आयोजनामा आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा व्यासनगरपालिका–५ बेनीपाटनमा वनभोज कार्यक्रमको समेत आयोजना गरेको छ ।
अक्षयकोष स्थापनाको लागि शीत ओभाएर घैलो भर्ने अभियान सहित वनभोज कार्यक्रमको आयोजना गरिएको संघका सचिव अशोक बिश्वकर्माले बताउनुभयो ।
रु.पाँच लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य सहित जिल्लाका दलित पत्रकारहरु सक्रिय रुपमा रकम जुटाउन लागेका छन् ।
अक्षयकोष स्थापना गरी त्यसबाट आउने ब्याजबाट लेखनबृत्तिको आधारमा प्रत्येक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै लैजाने लक्ष्य रहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed