प्रणय दिवसमा सुनिलकाे ‘कफी डेट’

Byखवरबाटिका

१ फाल्गुन २०७७, शनिबार ००:४८ १ फाल्गुन २०७७, शनिबार ००:४८ १ फाल्गुन २०७७, शनिबार ००:४८

काठमाण्डाै– गायक सुनिल गिरीले प्रणय दिवसकाे अबसरमा कफी डेट सार्वजनिक गरेका छन । प्रणय दिवसकाे पुर्वसन्ध्यामा गिरीले शुक्रबार प्रमिल गीत सार्वजनिक गरेका हुन ।

सुनिल गिरीको स्वर लय तथा अभिनय रहेको भिडियोमा सुनिललाई रोजा भण्डारीले अभिनयमा सघाएकी छिन । छोटो समयमा आफ्ना गीत संगितका माध्यमबाट दर्शक तथा श्रोतको मनमा बस्न सफल भईसकेका गायक गिरीले गीतका माध्यमबाट प्रेमलाई अभिव्यक्त गर्ने प्रयास गरेका छन । ‘प्रणय दिवसको पुर्वसन्ध्यामा कफी डेट सार्वजनिक गरेको हुँ ।’ उनले भने, ‘प्रणय दिवसमा हाम्रो टिमलाई माया गर्ने श्रोता दर्शकलाई यो नै मेरो कोसेली हो ।’
अधिकांश गीत गृहजिल्ला तनहुँमा छायांकन गर्दै आएका गायक गिरीले यो गीतमा पनि तनहुँ र चितवनका भागलाई भिडियोमा समेटेका छन । गीतको छायांकन बिवेक बिकले गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed