‘झिलिमिली मन्दिरैमा’ सार्वजनिक

Byखवरबाटिका

१ फाल्गुन २०७७, शनिबार ००:१७ १ फाल्गुन २०७७, शनिबार ००:१७ १ फाल्गुन २०७७, शनिबार ००:१७

काठमाण्डाै – गायिका कला लम्सालले भजन संग्रह सार्वजनिक गरेकी छिन । गायक पशुपति शर्मा, कला लम्साल, चन्द्र शर्मा र मन्जु पाैडेलकाे स्वरमा शुक्रबार लम्सालले झिलिमिली मन्दिरैमा बाेलकाे भजन संग्रह सार्वजनिक गरेकी हुन ।

प्रकाश पराजुलीकाे शब्दलाइ बसन्त घिमिरेले लय संकलन गरेका हुन । गीत संगीतका माध्यमबाट लाेकसंस्कृतीकाे जर्गेना गर्नुपर्छ भन्ने अाफ्नो मान्यतालाइ निरन्तरता दिदै अाफूले भजन संग्रह बजारमा ल्याएकाे गायिका कला लम्सालले बताइन । ‘भजन पनि हाम्रो सांस्कृतिक सम्पती हाे,’ उनले भनिन, ‘भजनकाे संरक्षण र जर्गेनाका लागि हामीले झिलिमिली मन्दिरैमा बजारमा ल्याएका हाै।’

दुर्गा पाैडेलकाे छायांकन तथा निर्देशन रहेकाे गीतकाे भिडियोलाइ एडभेन्डर इन्टरटेनमेण्टले बजारमा ल्याएकाे छ । गायिका लम्सालका पातली (चाइनाकाे क्रिम), पातली (एेना हेरी हेरी), लाहुरे अाएन झुक्कायाे, धानकाे चामल धानैकाे चिउरा लगायतका गीत लाेकप्रिय छन । लाेकगीतले माैलिकता र स्थानीय परिवेश समेट्नु पर्छ भन्ने धारणालाइ समेट्दै अाफूले ‘झिमिमिली मन्दिरैमा’ बाेलको गीतमा दर्शकलाइ माैलिक भजन पस्किएको लम्सालले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed