व्यासको नगर कार्यपालिकामा ८ जना निर्विरोध निर्वाचित

Byकिरण श्रेष्ठ

२३ जेष्ठ २०७९, सोमबार १६:१३ २३ जेष्ठ २०७९, सोमबार १६:१३ २३ जेष्ठ २०७९, सोमबार १६:१३

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगर कार्यपालिकामा  कांग्रेसका ७ र एकीकृत समाजवादीका १ जना गरी ८ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

व्यास नगर कार्यपालिकाको महिला सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र ५ जनाको मात्रै परेकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम उनीहरुलाई निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्विरोध निर्वाचित हुनेमा नेपाली काँग्रेसकी उम्मेदवार ज्ञानु माया सुनार, नरी माया राना, निला घिमिरे, कमला देवी घर्ती र किस्ना दुरा(गुरुङ) रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै व्यास नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गरेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का उम्मेदवार रन सिंह नेपाली सार्की, नेपाली काँग्रेसका उम्मेदवार चन्द्र माया परियार र नेपाली काँग्रेसका उम्मेदवार चेत बहादुर दरै निर्विरोध भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed