खाना पकाउने ग्यास,डिजेल, पेट्रोल र मटीतेलकाे भाउ बढ्याे

Byखवरबाटिका

२८ माघ २०७७, बुधबार २२:५२ २८ माघ २०७७, बुधबार २२:५२ २८ माघ २०७७, बुधबार २२:५२

काठमाण्डाै – नेपाल अायल निगमले खाना पकाउने ग्यास, डिजेल, पेट्रोल र मटीतेलकाे भाउ बढाएकाे छ । मंगलबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेकाे हाे ।

एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढाएकाे छ । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएकाे छ भने खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य २५ रुपैयाले बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

बढेको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलकाे प्रतिलिटर मूल्य ११२, डिजेल तथा मटीतेलकाे ९५ र खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य १४०० सय कायम भएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *